Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद गिरीको प्रस्ताव – आगामी वर्षदेखि बजेट बिहान १० बजे घोषणा गरौँ

    सांसद गिरीको प्रस्ताव – आगामी वर्षदेखि बजेट बिहान १० बजे घोषणा गरौँ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 474
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको अनसरण गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै यस्तो प्रस्ताव रोखेका हुन् ।



    उनले भने,‘यो मुलुकमा सधैं बजेट भाषणहरु बेलुका ४ बजे हुने । …किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने। अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो ।’



    तत्कालिन भारतमा कम्पनी सरकार (ब्रिटिस सरकार) रहँदा उनीहरुले बेलुका ४ बजे घोषणा गर्ने गरेको उल्लेख गर्दै नेपालले सँधै सोही कम्पनी सरकारको सिको गरिरहनु आवश्यक नभएको बताए ।

    त्यस्तै, अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लैजाने गरेको भन्दै जिल्लाहरुको न्युनतम आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार