Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी सरकारको नीति तथा कार्यक्रमबारे प्रदेश सभामा तीन दिन छलफल

दाङ । लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा तीन दिन छलफल हुने भएको छ।

दोस्रो अधिवेसनको आइतबार बसेको छैठौँ बैठकमा प्रदेशका सभामुख तुलाराम घर्तीले वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिन बैठक हुने जानकारी गराएका हुन्।

जेठ २९, ३० र ३१ गते नीति तथा कार्यक्रममाथी छलफल हुनेछ। नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफसमेत दिनेगरी तयारी गरिएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले जेठ २६ गते प्रदेश सभाको दोस्रो अधिवेसनको पाँचौँ बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम छैठौँ बैठकले सर्वसम्मतले पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077