Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिकबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाई पक्राउ परेका हुन् ।

शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेस, ०.६० ग्राम खैरो हेरोईन र मोबाइल १ थान बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077