Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीबारे अध्ययन गरिन लागेको हो ।

आजको बैठकमा उजुरीकर्ताहरूलाई छलफलमा बोलाउनेबारे पनि निर्णय हुने छ। जेठ १६ गते कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना प्रकाशित गरेको थियो।

उजुरीमाथिको अध्ययन र छलफल भएपछि कार्कीलाईलाई पनि समितिमा बोलाइने छ। उनलाई यही समितिमा बोलाउने तयारी छ। आइतबार मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई उनको अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो ।

न्याय परिषद् सचिवालयले आइतबार पठाएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077