Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • संसदीय सुनुवाइ समितिको बैठक बस्दै

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 450
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ।

    बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीबारे अध्ययन गरिन लागेको हो ।



    आजको बैठकमा उजुरीकर्ताहरूलाई छलफलमा बोलाउनेबारे पनि निर्णय हुने छ। जेठ १६ गते कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना प्रकाशित गरेको थियो।



    उजुरीमाथिको अध्ययन र छलफल भएपछि कार्कीलाईलाई पनि समितिमा बोलाइने छ। उनलाई यही समितिमा बोलाउने तयारी छ। आइतबार मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई उनको अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो ।

    न्याय परिषद् सचिवालयले आइतबार पठाएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउने जानकारी गराइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार