Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेकाे फिल्म ‘बाघ चाल’का लागि हिरोइनको खोजी

काठमाडौं । मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा बन्न लागेका फिल्म ‘बाघ चाल’का लागि डिजिटल अडिसनबाट मुख्य अभिनेत्री छनोट गरिने भएको छ ।

आइतबार निर्माण टिमले एक पोस्टरमार्फत् डिजिटल अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ समयसीमा असार ७ गतेसम्ममा पठाउनुपर्नेछ ।

फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । फिल्ममा मनाङे पहिलो पटक आफैले निर्माण गरेको फिल्ममा आफैँ अभिनयमा उत्रिँदैछन्।

फिल्ममा सविन भिलेन र राजीव हिरोको भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077