Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थ समितिमा गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने

काठमाडौं । संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।

साथै सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओको मूल्य महँगो भएकाले कम्पनीको आईपीओमा स्थानीयले आवेदन दिन नसकेको भन्दै सो विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, सांसद ज्ञानेन्द्र शाही र पूर्णबहादुर तामाङले बैंकको कार्यक्षमतामा प्रश्न उठाएका थिए । सांसदहरूले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077