Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्न प्रहरी मुख्यालयको निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले संगठनप्रति नकारात्मक सन्देश र टीकाटिप्पणी प्रवाह गर्ने गरी फेसबुक, ट्विटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जाल नचलाउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।

फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको हो

सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै सबै प्रहरी कार्यालयलाई यो निर्देशन दिएका हुन् ।

सूचनामा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए वा गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077