Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापालाई प्रमुख तोकी विभाग गठन गरेको हो ।

बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ । विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।

जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यसअघि गठन गरिसकेको छ भने अन्य विभागहरु गठन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077