Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महिलालाई हत्यापछि बलात्कार गर्ने युवकलाई जन्मकैद

बागलुङ । चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई क्रूर हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेपछि पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो।

माझीलाई सलको पासो लगाएर हत्या गरेपश्चात् बलात्कार गर्ने र गरगहना लुट्ने प्रकाशलाई जन्मकैद सुनाइएको हो। जिल्ला न्यायाधीश दिवाकर भट्टको आजको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए।

विसं २०७९ असोज ३० गते बिहान घरबाट ज्यालामजदुरी गर्न निस्किएकी फूलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन्।

अनुसन्धानका क्रममा सिसी टीभी फुटेजलाई आधार मान्दा शङ्कास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फूलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए। प्रहरीले २०७९ कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077