Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इमर्जिङ टिम्स कप : पाकिस्तान ‘ए’विरुद्ध नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा पाकिस्ताले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

हङकङको मोङकङस्थित मिसन रोड मैदानमा नेपाली महिला टिमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङमा उत्रिएको पाकिस्तान ‘ए’ टिमले १९.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले यो प्रतियोगितामा खेल्ने अवसर पाएको हो । एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालले समूहमा हङकङ, भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077