Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ, देउवाले फेरि प्रधानमन्त्री बन्ने आस गर्नुहुन्न : गगन थापा

    कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ, देउवाले फेरि प्रधानमन्त्री बन्ने आस गर्नुहुन्न : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 741
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने आस राख्न नहुने बताएका छन् ।

    मंगलवार विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।



    महामन्त्री थापाले भने,‘उहाँ पाँच-पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ । अब प्रधानमन्त्रीमा फेरि आस गर्नुहुँदैन । अरू जो सुकै बने पनि हुन्छ । मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागु गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो।’



    यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु नहुने महामन्त्री थापाको भनार्ई छ । महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताए।

    नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत उनले बताए । सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार