Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अश्लील तस्विरहरू अपलोड गरी महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं। प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-१४ का रामकुमार सुनार रहेका छन् । सुनारलाई पोखराबाट पक्राउ गरेको हो।

सुनारले सामाजिक सञ्जालहरूमा पीडित महिलाको नाममा प्रोफाइल बनाएर अश्लील तस्बिर र भिडियोमा अनुहारसमेत जोडेर चरित्रहत्या गरेको प्रहरीले जनाएको छ।

दःख कष्ट दिन थालेपछि पीडित प्रहरीले उजुरी दिएको र सोही आधारमा सुनारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

सोही कसूरमा काठमाडौं जिल्ला अदालतले जेठ २९ गते ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077