Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवा सिमसार पुरेर बनाइएको संरचनामा पोखरा महानगरले चलायो डोजर

पोखरा । पोखरा महानगरपालिकाले फेवा तालको सिमसार क्षेत्र पुरेर बनाइएको प्लटिङमा भत्काएको छ ।

नगर प्रहरीको टोलीले अनुमति बिना सिमसार क्षेत्रमा गरिएका प्लटिङहरु मंगलबार डोजर लगाएर प्लटिङ भत्काएको हो ।

सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए ।

पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार मंगलबार ८० रोपनी क्षेत्रमा सिमसार पुरेर बनाइएको घडेरीको संरचना भत्काइएको छ ।

त्यस्तै स्थानीयबासीले भने आफ्नो जग्गा प्लटिङ गर्न पाउनुपर्ने भन्दै आइतबार महानगरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077