Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि दुर्व्यवहार गर्ने नेविसंघ जिल्ला सभापति सरोज पक्राउ

सुनसरी । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाहालमाथि कालोमोसो दलेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई पक्राउ गरेको हो ।

सभापति पोखरेललाई दुहबीबाट बुधबार मध्यान्हमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सभापति पोखरेल लगायतले विश्वविद्यालयमा अराजकता भएको भन्दै सेवा आयोगका अध्यक्ष दाहालमाथि सोमबार मोसो दलेर दुर्व्यवहार गरेका थिए।

सुनसरीको तरहरास्थित निवासमै पुगेर दाहालमाथि दुर्व्यवहार गरेका थिए।

दुर्व्यवहार गरेपछि अध्यक्ष दाहालले सभापति पोखरेललगायत नेविसंघका कार्यकर्ताविरूद्ध जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077