Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ककनी गाउँपालिका-२ का वडाध्यक्ष लामाको निधन

नुवाकोट । ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो ।

४४ वर्षीय लामाको दुवै मिर्गौला फेल भएपछि पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए ।

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077