एजेनसी । नाइजेरियाको निजेर नदीमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने कैयौँ मानिसहरू बेपत्ता भएका छन् ।
डुंगामा तीन सय मानिसहरू सवार रहेको र उनीहरूको एक बिहेमा भाग लिन जाँदै गरेको बीबीसीले जनाएको छ ।
क्वारा राज्यबाट निजरेतर्फ आउँदा डुंगा पल्टिएको बताइएको छ । सरकारी अधिकारीहरूले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएका छन् ।
अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । हालैका वर्षहरूमा नाइजेरियामा धेरै डुङ्गा दुर्घटनाहरू भएका छन् ।