Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई मन्त्री ज्वालाले दिए बधाई

    समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई मन्त्री ज्वालाले दिए बधाई

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 528
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन् ।

    बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री ज्वालाले नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका हुन् ।



    उक्त अवसरमा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष बिश्वमणी सुबेदी, संगठनका उपाध्यक्ष, उपमहासचिव, सचिव तथा देशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु लगायतको उपस्थिति थियो ।



    कार्यक्रममा मन्त्री ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै समाजवादी प्रेस संगठनले अन्य संगठन भन्दा छुट्टै पहिचान बनाएर अगाडि बढने बिश्वास व्यक्त गरेका थिए ।

    यहि जेठ २६ र २७ गते काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठनको प्रथम अधिवेशनबाट संगठनका पदाधिकारीहरु चुनिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार