Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस

    मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 378
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ ।

    बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै अनेरास्ववियुका विद्यार्थी नेताहरूले काठमाडौंको त्रिचन्द्र कलेजमा बुधवार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् ।



    जुलुसमा अध्यक्ष समिक बडाललगायत नेता सहभागी थिए ।



    गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार