Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालकुमारी घटना : जाँचबुझ आयोगले लियो भौतिक पूर्वाधारमन्त्री ज्वालाको बयान

    बालकुमारी घटना : जाँचबुझ आयोगले लियो भौतिक पूर्वाधारमन्त्री ज्वालाको बयान

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 468
    SHARES

    काठमाडौं । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिएको छ ।

    आयोगले मन्त्री ज्वालाले केही दिनअघि बयान दिएको खुलेको हो । कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला सवार गाडीसमेत सो स्थानमा पुगेको थियो ।



    सोही स्थानमा आन्दोलनरत विद्यार्थीले मन्त्री ज्वाला सवार गाडी जलाएका थिए । उक्त घटना घट्नुमा मन्त्री ज्वालाले उत्प्रेरक भूमिका निर्वाह गरेको आरोप लागेको थियो ।



    सो घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो ।

    सरकारले उक्त घटनाको छानविनका लागि उच्च अदालत पाटनका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार