Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यातायातमन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले गर्‍यो प्रदर्शन

    यातायातमन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले गर्‍यो प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 414
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

    अनेरास्ववियुका कार्यकर्ताहरुले आज देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेका हुन् ।



    सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए ।



    ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् ।

    ईपीएस कोरिया भाषा विवादमा आन्दोलन चर्किरहेका बेला मन्त्री प्रकाश ज्वाला ललितपुरको बालकुमारी पुगेपछि हिंसा भड्किएको थियो ।

    जसमा दुई जना युवक प्रहरीको बल प्रयोगमा मारिएका थिए । यो प्रकरणमा छानबिन गर्न सरकारले बनाएको समितिले मन्त्री ज्वाला बालकुमारी पुग्नुलाई गलत भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार