Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘ब्ल्याकमेल’ गरेर लाखौं असुल्न खोजेको आरोपमा अनेरास्ववियुकी नेतृ बम पक्राउ

    ‘ब्ल्याकमेल’ गरेर लाखौं असुल्न खोजेको आरोपमा अनेरास्ववियुकी नेतृ बम पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 645
    SHARES

    काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् ।

    प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।



    बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ ।



    बमविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार