Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 717
    SHARES

    बुटवल। नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।

    नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवलमा चक्काजाम गरेको हो ।



    अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवलले जनाएको छ ।



    चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । सो क्रममा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

    नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार