Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अनेरास्ववियुका सह-संयोजकमाथि ठेकेदारले गरे खुकुरी प्रहार

    अनेरास्ववियुका सह-संयोजकमाथि ठेकेदारले गरे खुकुरी प्रहार

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 1.7K
    SHARES

    विराटनगर । नेकपा एमाले भ्रातृ संगठन अनेरास्ववियुका सह-संयोजकमाथि खकुरी प्रहार भएको छ ।

    अनेरास्ववियु ताप्लेजुङका सहसंयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको हो ।



    कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोका स्वकीय सचिवसमेत रहेका उनलाई स्थानीय ठेकेदार प्रेम मावोले खुकुरी प्रहार गरेका हुन् ।



    ठेकेदार मावोले लेनदेनको विषयमा फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटलमा खुकुरी प्रहार गरेका थिए ।

    मावोले दिनुपर्ने ९ लाख २० हजार रूपैयाँ बानियाँले ताकेता गरिरहेकोमा मावोले दिएको चेक नसाटिएपछि उनले केही दिनअघि चेक बाउन्सको मुद्दा दायर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    मुद्दा दायर गरेपछि हिजो सो विषयमा दुई पक्षबीच छलफल भएको थियो । आज भने ठेकेदार मावोले होटल अगाडि खेदाईखेदाई खुकुरी प्रहार गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार