Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तरपुस्तिका हराउनेमाथि कारबाहीको माग गर्दै पर्दशन

    उत्तरपुस्तिका हराउनेमाथि कारबाहीको माग गर्दै पर्दशन

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । अनेरास्ववियु र नेविसंघले विद्यार्थीका उत्तरपुस्तिका हराएको भन्दै त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट बिएका विद्यार्थीका उत्तरपुस्तिका हराएपछि अनेरास्ववियु र नेविसंघले कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन्।



    पनिकाको लापरबाहीका कारण स्नातक तह प्रथम वर्षको जनसंख्या विषय र स्नातक तह प्रथम वर्षको ‘फाउण्डेसन अफ एजुकेसन ४१२’उत्तर पुस्तिका हराएको थियो ।



    परीक्षा नियन्त्रण कार्यालयबाटै हराएका ती उत्तरपुस्तिका खोजी भइरहेको त्रिविको भनाइ छ।

    त्रिविले केही क्याम्पसमा लिएका परीक्षाको उत्तरपुस्तिका हराएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न चितवनको रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकेको थियो।

    परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका निकालेर पुन: परीक्षा दिन भनेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार