Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अनेरास्ववियुले भन्यो – मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्नू, नभए कडा आन्दोलन गर्छौं

    अनेरास्ववियुले भन्यो – मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्नू, नभए कडा आन्दोलन गर्छौं

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 492
    SHARES

    काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

    अनेरास्ववियुले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले मन्त्री ज्वालाको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालेकाले उनलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।



    सो संगठनले यस घटनाका दोषीलाई उन्मुक्ति दिनेगरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्क्याउन तथा यस प्रकारका घटनालाई गम्भीरतापूर्वक लिन गठबन्धन सरकारलाई चेतावनीसमेत दिएको छ ।



    दोषीहरु उपर कारबाही नगरिए सरकारको दण्डहिनतालाई प्रश्रय दिने रबैयाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

    शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ । गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार