Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

    समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिने बताएका छन् ।

    कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको शनिबार उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताए ।



    सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ । मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै पुल निर्माणपश्चात् शिवगढीसहित कपिलवस्तुका जनताको जनजीवनमा सहजता हुने बताए ।



    स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनर्निर्माणका निम्ति पहल गर्ने बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताए । पुल नहुँदा वर्षात्को समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

    शिवराज नगरपालिका–१ र ९ को सीमामा रहेको सुरही खोलामाथि उक्त पुल ०७७ असोज १२ गतेदेखि निर्माण सुरु गरिएको थियो । ३६० मिटर लम्बाइको पुल ४६ करोड १५ लाख ३० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार