Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

प्रतिकूल मौसमले आन्तरिक हवाइ उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ।

मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ।

काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ। धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामो समयको होल्डपछि काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण काठमाडौँमा साँझपखदेखि अहिले पनि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँको आकाश पूर्ण बदली रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077