Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इप्पानको नयाँ कार्यसमिति निर्विरोध चयन, अध्यक्षमा कार्की

    इप्पानको नयाँ कार्यसमिति निर्विरोध चयन, अध्यक्षमा कार्की

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 585
    SHARES

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमिति अध्यक्षमा गणेश कार्कीको प्यानल निर्विरोध चयन भएका छन् ।

    निर्वाचन समितिले गरेको अन्तिम नामावली प्रकाशनमा किरण मल्लको उम्मेदवारी खारेज भएको हो । उम्मेदवारी उपर परेको दाबी विरोधमा छानबिन तथा निर्णय गरी अध्यक्ष पद गणेश कार्की वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित भएको छ ।



    अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १/१ जना नै हुने व्यवस्था रहेको छ भने उपाध्यक्षको लागि ५ जना हुने व्यवस्थामा ५ जनाकै नाम प्रकाशित भएको छ । जसमा भरतवहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम प्रकाशन भएको छ ।



    त्यस्तै, महासचिवमा १ जना रहने व्यवस्थामा बलराम खतिवडाको नाम निर्वाचन समितिले प्रकाशित गरेको छ । सचिव ५ जना रहेने व्यवस्था रहेकोमा ५ जनाको मात्रै अन्तिम नामवली सार्वजनिक भएको छ भने कोषाध्यक्षमा १ जना रहेने व्यवस्थामा नरेन्द्र बल्लभ पन्तको मात्रै अन्तिम नामवली प्रकाशन गरेको छ ।

    खुल्ला सदस्या ७ जना रहने व्यवस्थामा १४ जनाको अन्तिम नामवली सार्वजनिक भएको छ । त्यस्तै, महिला सदस्या ३ जना रहने व्यवस्था रहेकोमा ३ जनाको नै नामवली सार्वजनकि भएको छ । यस्तै ७ कार्यकारी सदस्यका १४ जनाको उम्मेदवारी परेको छ। तीन जना महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

    ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमन जोशी निर्विरोध भएका हुन । किरण मल्लले दर्ता गरेको स्टे अर्डर पनि खारेज भएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार