Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्समा बिहीबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार दिउँसो २ बजेर २४ मिनेटमा अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पका कारण राजधानी मनिलामा केही रेल सेवा अवरुद्ध भएको रोयटर्सले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिम हाल मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि फिलिपिन्समा छ । नेपालले आज अपराह्न ४ः४५ बजे रियाज मेमेरोरियल रंगशालामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077