काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक डीएसपी को सरूवा गरिएको छ ।
प्रहरी प्रधान कार्लायको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णयअनुसार डीएसपीहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ ।
डिएपी तुलसीराम अर्याललाई इलाका प्रहरी कार्यालय टिकापुर प्रमुखको रुपमा पठाइएको छ भने रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका उद्धवसिंह भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनबलमा सरुवा गरिएको छ ।