Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जंगलमा लुकाइ राखेका १४ थान अवैध भरुवा बन्दुक बरामद

रुकुम । प्रहरीले रुकुम पश्चिमबाट जंगलमा लुकाइ राखेको अवस्थामा १४ थान भरुवा बन्दुक बरामद गरेको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ किटेनीखोलाबाट जंगलमा लुकाइ राखेको ४ थान, झिमखोलामा २ थान र ओखरधारा जंगल ओडारमा८ थान गरि कुल १४ थान वेवारिसे भरुवा बन्दुक बरामद गरेको हो ।

चोरी शिकारी गर्नेहरुले ती बन्दुकहरु जंगलमै लुकाइ छिपाइ राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुकुमले अनुमान गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077