Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुशलको शतक र भीमको अर्धक शतकप्रेरित ओमानविरुद्ध नेपाल विजयी

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अन्तिम वार्मअप खेलमा नेपालले ओमानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

हरारे स्पोर्ट्स क्लबमा ओमानले प्रस्तुत गरेको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर भुर्तेलले ९४ बलमा १०१ रन रिटायर्ड आउट भए ।

भुर्तेलले १३ चौका र दुई छक्का प्रहार गरे । भीम सार्की ५६ रनमा आउट भए । यी दुईले दोस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कप्तान रोहितकुमार पौडेल ३१, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २३, र कुशल मल्ल १७ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077