Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद्‌भित्रै यौन आक्रमण भएको भन्दै बैठकमै रोइन् महिला सांसद

एजेन्सी । एकजना अस्ट्रेलियाली सांसदले सदनभित्रै आफूलाई यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् ।

बिहीबारको संसद् बैठकमा रुँदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूविरुद्ध ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्‌मा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको, केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव गरिएको’ दाबी गरेकी छन् ।

लिबरल पार्टीका सांसद डेभिड भानले आफूलाई यौन दुर्व्यवहार गरेको पीडित थोर्पेको आरोप छ । डेभिडलाई उनको दलले निलम्बन गरेको छ। उनले आफूलाई आधारहीन आरोप लगाइएको बताएका छन् । आफूविरुद्ध लगाइएको आरोपबाट आफू चकित भएको उनले उल्लेख गरेका छन् ।

जब आरोपहरू अस्ट्रेलियाको गम्भीर मानहानि कानुनबाट सुरक्षित थिए, थोरपेले भने कि भ्यानले यस मामिलामा वकिलहरूलाई संलग्न गराएको थियो र उनले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहोर्‍याउनुपरेको थियो।

आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधैँ सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भर्‍याङ र वरपर कोही पुरुष नभएको निक्र्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन् ।

संसदबाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो। आफूले भोग्नुपरेको दुव्र्यवहारको सिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्त्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन्।

सन् २०२१ देखि अस्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाई प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ। त्यसबेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अस्ट्रेलियाको संसद्‌मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको सिकार भएका पुष्टि गरेको थियो। अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जना यौन दुर्व्यवहार झेल्नुपरेको थियो जसमा त्रिसट्ठी प्रतिशत महिला सांसद कुनै न कुनै रुपमा यौन हिंसाको सिकार भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077