Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • संसदीय सुनुवाइ समितिमा कार्कीलाई प्रश्न – घुस नखाइ पेसी नतोकिएको उजुरी छ, कसरी लिनुभएको छ ?

    संसदीय सुनुवाइ समितिमा कार्कीलाई प्रश्न – घुस नखाइ पेसी नतोकिएको उजुरी छ, कसरी लिनुभएको छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 618
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरुले प्रश्न गरिरहेका छन् ।

    शुक्रबार सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका हुन् ।



    समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई सोधे– यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो । यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ ?



    ‘जग्गा हडपेको, पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टचार नरोकिएको, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ । यसलाई कसरी लिनुभएको छ ?,’ भन्दै देवेन्द्र अर्को प्रश्न गरे ।

    समितिको बैठकमा उपस्थित भएका कार्कीलाई आज समिति सदस्यहरूले जिज्ञासा राख्ने कार्यसूची छ ।

    सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार