Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, लिए राष्ट्रपति पौडेलसँग शपथ

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, लिए राष्ट्रपति पौडेलसँग शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 693
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेका छन् ।

    आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा कार्कीलाई नियुक्त गरेका हुन् ।



    प्रधानन्यायाधीश कार्कीले आजै राष्ट्रपति पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।



    संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।

    प्रधानन्यायधीश कार्कीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उपस्थित थिए ।

    आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार