Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    प्रधानन्यायाधीश कार्कीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।



    २०७९ असार मसान्तसममका अदालती कामकारबाहीका विवरण समेटिएको प्रतिवेदन ढिलो गरी राष्ट्रपति समक्ष पेश भएको हो ।



    नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिवेदन बुझाउन प्रधानन्यायाधीश कार्कीका साथै सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मुख्यरजिष्ट्रार लालबहादुर कुँवर लगायत सर्वोच्च अदालतका बरिष्ठ अधिकारीहरु उपस्थित थिए भने राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवर, राष्ट्रपति कार्यालयका सचिव लगायतको उपस्थिती थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार