Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्यायाधीश नियुक्त गर्न न्यायपरिषद्को बैठक बस्दै

    न्यायाधीश नियुक्त गर्न न्यायपरिषद्को बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 507
    SHARES

    काठमाडौं । उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको छ ।

    न्यायाधीशको नियुक्तिका लागि न्यायपरिषद्को बैठक सोमबारका लागि आव्हान गरिएको हो ।



    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा सोमबार अपराह्न १ बजेका लागि परिषद्को बैठक डाकिएको छ । बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् ।



    हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्याविधिका आधारमा छनोट गर्ने भनिएको २७ जना न्यायाधीशको सम्बन्धमा सोमबार निर्णय हुन सक्नेछ ।

    तत्कालीन समयमा रिक्त रहेका २७ जना न्यायाधीशमध्ये आधा जिल्ला न्यायाधीशबाट करिब २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी गरिएको छ ।

    यसअघि तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि सर्ट लिस्ट तयार पार्ने र अधिवक्ताहरूबाट निवेदन माग गरिएको थियो ।

    उच्च अदालतमा न्यायाधीश बन्न जान इच्छुक २५ जना अधिवक्ताको सूचीसमेत परिषद्ले तयार पारिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार