Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • न्यायाधीश नियुक्तिका लागि प्रयास जारी छ : प्रधानन्यायाधीश कार्की

    न्यायाधीश नियुक्तिका लागि प्रयास जारी छ : प्रधानन्यायाधीश कार्की

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 474
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त गर्न समस्या भएको बताएका छन् ।

    प्रधानन्यायाधीशकार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास जारी राख्ने बताएका हुन् ।



    प्रधानन्यायाधीश कार्कीले भने,‘अहिले मतभेद वा अरु कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको हौइन, बरु कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक हुन नसकेको हो । अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु ।’



    प्रधानन्यायाधीश कार्कीले अनुहार नहेरी वस्तुनिष्ठताका आधारमा न्यायाधीश नियुक्ती गर्ने प्रयास जारी रहने पनि बताए। न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको कार्कीले बताए ।

    प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी छ । उनी उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ । त्यस्तै उच्च अदालतहरुमा पनि ६० जना न्यायाधीशको पद रिक्त रहेको प्रधानन्यायाधीश कार्कीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार