Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश कार्कीको प्रश्न – न्यायाधीश बिनाको अदालतले कसरी न्याय सम्पादन गर्छ ?

    प्रधानन्यायाधीश कार्कीको प्रश्न – न्यायाधीश बिनाको अदालतले कसरी न्याय सम्पादन गर्छ ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 723
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयबाट नभएर अन्य कारणले न्यायाधीश नियुक्ति ढिला भएको बताएका छन्।

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले यस्तो बताएका हुन् । प्रधानन्यायाधीश कार्कीले न्यायाधीश बिनाको अदालतले कस्तो न्याय सम्पादन गर्छ भन्दै प्रश्नसमेत गरे।



    प्रधानन्यायाधीश कार्कीले भने, ‘सर्वोच्च अदालतमा पनि खाली छ। जिल्ला अदालतमा पनि खाली छ। न्यायाधीश बिनाको अदालतले कसरी न्याय सम्पादन गर्छ ? जब एक चौथाई बढी न्यायालयहरू खाली हुन्छन् । यो न्यायलयबाट नभएर अन्य कारणले न्यायाधीश नियुक्ति ढिलाई भइरहेको छ। यस्तो नहोस् भनेर हामीले झकझक्याइराख्ने आवश्यकता छ।’



    उनले लामो समयदेखि न्यायालयहरू रिक्त भएको भन्दै आफूहरूले कानुन पालना गर्न नसकिरहेको प्रस्ट पारे।

    उनले संविधानमै रिक्त न्यायाधीश सिफारिस गर्न मिति तोकेको उल्लेख गर्दै कानुन पालनामा कठिनाई भएको बताए।

    कानुनको पालना राजनीतिक नेतृत्वबाटै सुरु हुनुपर्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार