Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे

    प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् ।

    १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।



    अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडेका हुन् । यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली र सुशीला कार्कीले भने अवकाश हुनु एक दिन अघिसम्म मुद्दा हेरेका थिए । तर, कार्कीले भने एक महिनाअघि नै मुद्दा हेर्न छाडे ।



    प्रधानन्यायाधीश नियुक्त भएको दिन नै सञ्चारकर्मीसँग बोल्दै कार्कीले अवकाशको एक महिना अघिदेखि नै बिदामा बस्ने परम्परा पालना गर्ने बताएका थिए । उनले आफ्नो प्रतिबद्धतानुसार मुद्दा हेर्न छाडेका छन् ।

    कार्कीले आफू २० असारदेखि केही प्रशासनिक काम र आफूले यसअघि हेरेका मुद्दाको फैसला लेख्ने काममा केन्द्रित भएको बताए । अवकाशमा जानुअघि सक्नैपर्ने र यससँग सम्बन्धित कामहरू यस अवधिमा गर्ने कार्कीको भनाइ छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार