Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताप्लेजुङमा बाढीले बगायो मोटरेबल पुल

ताप्लेजुङ । बाढी पहिरोले ताप्लेजुङमा सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ ।

बुधबार बेलुकादेखि नै भएको वर्षाले गत जेठमा मात्रै उदघाटन गरिएको पुल भत्काएको हो ।

ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ ।

ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सन्चालन हुन सकेका छैनन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१.६ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077