Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • संसदीय सुनुवाइ समितिमा कार्कीको जवाफ – ममाथि लागेको कुनै पनि आरोप प्रमाणित भए राजीनामा दिन्छु

    संसदीय सुनुवाइ समितिमा कार्कीको जवाफ – ममाथि लागेको कुनै पनि आरोप प्रमाणित भए राजीनामा दिन्छु

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 753
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल जवाफ जारी छ।

    सवाल जवाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् ।



    प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’



    संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए । जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

    संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार