Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सांसद असिम शाहले भने - सरकारले सास दबाएर बसेपछि मेयर बालेनले राम्रो गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)को तारिफ गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवादका बारेमा मेयर बालेनले बोलेर राम्रो गरेको बताएका हुन् ।

सांसद शाहले भने, ‘जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर पठायो र अहिले पास पनि भयो प्रदर्शनको लागि नेपालमा तर काठमाडौंका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चलन नदिने भने पछि अन्योल छाएको छ।’

हलहरुले सरकारबाट स्पष्टीकरण नआएसम्म चलचित्र प्रदर्शन रोकेकोबारे ध्यानाकर्षण गराए। सरकारले सास दबाएर बसेपछि बालेनले बोलेर सहि गरेको भन्दै परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले गम्भिर रुपमा लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077