Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राेल्पा जाँदै गरेकाे जीप दुर्घटना‍ हुँदा चालकको मृत्यु, ६ जना गम्भीर घाइते

दाङ । तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना हँदा चालकको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते छन्।

जिप दुर्घटना हुँदा चालक गंगादेव– १ निवासी अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तुलसीपुरबाट रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको डबल क्याप जीप शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर- ३ लाहुरेचौरको श्रीखोलामा दुर्घटना परेको हो। जीप सडकबाट करिब ४० मिटर तल खसेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

गाडीमा सवार १० जना नै घाइते भएका छन् । गम्भीर घाइतेमध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077