Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सीके राउतको टिप्पणी– बजेट ल्याइएको होइन, चार यारहरूले लुटेको जस्तो देखिन्छ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याईएको नभएर लुटिएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो धारणा राखेका हन् ।

बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको भन्दै सरकारको जुट्ने क्रम जारी रहेको उनको भनाई छ । उनले वैशाखमा बारामा मतपेटिका लुटेदेखि अहिले जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको उल्लेख गरे ।

राउतले भने, ‘बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैंक लुट्दाखेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन् ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरु कार्यान्वयन नभएको भन्दै यसो हुनु संसद र सांसदहरूको निरीहता भएको राउतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077