Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गण्डकीका क्यान्सरपीडितले उपचारमा १ लाख रुपैयाँसम्म सहयोग पाउने

पोखरा । गण्डकी प्रदेशका क्यान्सर पीडितहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँको सहयोग पाउने भएका छन्।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश आलेले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षबाट क्यान्सरपीडित बिरामीले सरकारबाट एक लाखसम्मको नगद सहयोग पाउने उल्लेख गरेका हुन्।

भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको हो ।

त्यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताए। साथै सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077