Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरण

    बालकृष्ण खाँणको विश्वास – अब उच्च अदालतबाट न्याय हुन्छ, म निर्दोष छु

    बालकृष्ण खाँणको विश्वास – अब उच्च अदालतबाट न्याय हुन्छ, म निर्दोष छु

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले माथिल्लो अदालतमा न्याय पाउने विश्वास गरेका छन् ।

    जिल्ला अदालत, काठमाडौंले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर अभियुक्त पूर्वगृहमन्त्री खाँणले आफू निर्दोष भएको दाबी गर्दै माथिल्लो अदालतमा न्याय पाउने अपेक्षा गरेका हुन् ।



    अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिँदै उनले यो घटनामा आफू संलग्न नभएको बताए । उनले अघि भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु ।’



    न्यायाधीश न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा बहालवाला सचिव (निलम्बित) सहित १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउने गरी आदेश दिएको हो ।

    यो आदेशसँगै पक्राउ परेका १६ अभियुक्तहरू अब न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार