Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैतडीको मालिका माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भट्ट

    बैतडीको मालिका माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भट्ट

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 420
    SHARES

    बैतडी । बैतडीको मालिका माध्यमिक विद्यालय भटनाको प्रधानाध्यापकको जिम्मेवारी हरिचन्द्र भट्टलाई दिइएको छ ।

    जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा अवस्थित उक्त मा.वि. को प्रधानाध्यापकमा भट्टलाई सर्वसम्मत रूपमा बिहीबार नियुक्त गर्ने निर्णय गरिएको हो ।



    केही दिन अगाडी मात्रै उक्त विद्यालयका प्रधानाध्यापक कृष्णानन्द भट्ट अनिवार्य अवकाशमा गएपछि सोही विद्यालयमा नि.मा.वि राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक हरिचन्द्र भट्टलाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।



    वि.सं २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले यस अघि छ जना प्रधानाध्यापक पाई सकेको छ भने हरिचन्द्र भट्ट सातौँ प्रधानाध्यापकको रूपमा जिम्मेवारी ग्रहण गर्नु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार