Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काभ्रेमा लागूऔषधसहित दुईजना पक्राउ

काभ्रे । काभ्रेमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

काभ्रेको बनेपा नगरपालिका ८ बाट एक जना महिला र एक जना पुरुषलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार जेठ ३२ गते राति ८ बजेको समयमा बनेपा–८ बाट भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका ९ का ३० वर्षीय युवक र काभ्रे तेमाल गाउँपालिकाकी १९ वर्षीया युवतीलाई लागूऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले खैरोहेरोइनजस्तो देखिने पदार्थ ६५ ग्राम, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार रुपैयाँ र आइफोन-११ एक थान बरामद गरेको गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077